Saturday, August 3, 2019

Beach जाँदा आवश्यक पर्ने समानहरु र गर्नु पर्ने तयारि (With Beautiful Swimming Suit Links)

0 comments

नेपाल मा समुन्द्र नभएर होला हामि नेपालीहरु समुन्द्र अथवा Beach भनेपछि हुरुक्कै हुन्छौ। तर Beach जाँदा के के तयारि गर्ने अथवा के के समान हरु तयार गर्ने जस्ता कुरा हरु को बारेमा जानकारी नभई अथवा जानकारी हुदा हुदै पनि Beach जाँदा बिर्सिन सक्ने भएकोले, आवस्यक पर्ने समानहरु र गर्नु पर्ने तयारि हरु यस प्रकार छन। 

जानु भन्दा पहिले अपनाउनुपर्ने सतर्कता !

Beach जाने समय र मौसम पुर्बानुमन  

Beach जाने समय ठाँउ हेरेर फरक फरक हुन्छ तर  June  अन्तिम अथवा July  को सुरुवात तिर देखि August को अन्तिम सम्म लाइ Beach जाने उपयुक्त समय मनिन्छ भने August को दोस्रो हप्ता तिर हुने जापानी हरुको पर्ब ओबोन(お盆) को समयमा जापानी हरु Beach जान उपयुक्त मान्दैनन।
Beach जानु भन्दा अगाडी एकचोटी मौसम को बारेमा र सम्बंधित Beach को वेबसाइट एकचोटी हेरेर जानु उपयुक्त हुन्छ।

Beach जाँदा आवस्यक पर्ने समानहरु 

  1. स्विमिंग सूट
  2. झोला
  3. सनस्क्रीन
  4. सनग्लास
  5. ठूलो तौलिया
  6. Beach चप्पल
  7. बस्ने सिट 
  8. चेन्ज गर्ने लुगा र अंडरवियर
  9. टोपी/हयाट
  10. वाटरप्रुफ मोबाइल केस 
  11. जिप लक भाको प्लास्टिक झोला 
  12. टिस्सु पेपर/वेट टिस्सु
  13. श्याम्पू र बोडी शप 
  14. कोईन (Optional)
  15. रमाइलो गर्ने खेल्ने समान हरु (Optional)
  16. फ्लोटिंग रिंग(Optional)
१. स्विमिंग सूट
Beach मा गएर समुन्द्र मा पौडी खेल्ने हो  भने महिला हरुले आफुलाई सुहाउदो बिकिनी अथवा पुरुष ले हाफ प्यान्ट जस्ता स्विमिंग सूट आवश्यक पर्छ।
२. झोला
पानीले नभिज्ने अथवा बालुवा लागे पनि फोहोर नहुने खालको झोला Beach को लागी उपयुक्त मानिन्छ।
३. सनस्क्रीन
Beach मा घामले छालालाइ केहि घण्टा भित्र नै डढाएर कालो बनाइदिन्छ। यस बाट बच्न को लागि सनस्क्रीन अत्यावश्यक हुन्छ। बजार मा स्प्रे टाइप अथवा क्रिम टाइप का विभिन्न प्रकार का सनस्क्रीन हरु पाइन्छ।
४. सनग्लास
घाम को प्रत्यक्ष किरण हरुबाट जोगिनको लागि सनग्लास आवश्यक पर्छ
५. ठूलो तौलिया
 नुहाई सकेपछि शरीर पुछन को लागि तौलिया चाहिन्छ। 
6. Beach चप्पल
समुन्द्री तट को बालुवा धेरै नै तातो हुने हुदा यता उति हिड्डुल गर्न चप्पल आवश्यक हुन्छ।
७. बस्ने सिट 
थकाइ लागेको बेला बस्न अथवा आफ्नो समान हरु राख्नको लागि बस्ने सिट चाहिन्छ। बालुवा धेरै नै तातो हुने हुदा सक्यो भने अलि मोटो खाल को सिट उपयुक्त हुन्छ।
८. चेन्ज गर्ने लुगा र अंडरवियर
नुहाई सकेपछि चेन्ज गर्न को लागि लुगा र अंडरवियर चाहिन्छ।
९. टोपी/हयाट
बिशेष गरि महिला हरु लाइ घाम छेक्न को लागि हयाट उपयुक्त मनिन्छ।
१०. वाटरप्रुफ मोबाइल केस
समुन्द्र मा फोटो खिच्दा मोबाइल पानि मा खस्न सक्छ तेस्को लागि वाटरप्रुफ मोबाइल केस लग्नु राम्रो हुन्छ। 
११. जिप लक भाको प्लास्टिक झोला
नुहाइसकेपछि चिसो लुगा राख्नको लागि जिप लक भाको प्लास्टिक झोला भए सजिलो हुन्छ।
१२. टिस्सु पेपर/वेट टिस्सु
बालुवा पुछन अथवा समुन्द्र को नुनिलो पानि मा नुहाइसकेपछि सफा पानीमा नुहाउन चाहनुहुन्न भने शरीर पुछन को लागि टिस्सु पेपर अथवा वेट टिस्सु चाहिन्छ।
१३. श्याम्पू र बोडी शप 
कुनै कुनै पैसा तिरेर नुहाउने ठाँउमा श्याम्पू र बोडी शप राखेको हुन्छ तर सबै ठाँउ मा नहुने हुदा श्याम्पू र बोडी शप आवश्यक पर्छ।
१४. कोईन (Optional)
केहि समान भाडा मा लिनुपर्यो अथवा खाने कुरा किन्नु पर्दा बालुवा, पानि लागेपनि केहि नहुने हुदा कोईन लगेर जानु उपयुक्त हुन्छ।
१०. रमाइलो गर्ने खेल्ने समान हरु (Optional)
साथी हरु संग खेल्न को लागि रमाइलो गर्ने खेल्ने समान हरु लग्न सक्नुहुन्छ। जस्तै अलि ठुलो साइज को बल अथवा खेल्ने रिंग आदि। 
११. फ्लोटिंग रिंग(Optional)
फ्लोटिंग रिंग Beach मा भाडा मा लिन पाइन्छ तर भाडा मा नपाइने ठाँउ अथवा आफै किनेर लग्ने मान्छे हरु पनि धेरै भेटिन्छन। 

समान हरु किन्न पाइने ठाँउ 

धेरै जस्तो सस्तो मा पाउने समान हरु जापान को सन्दर्भ मा ह्याकुएन शप मा पाँउछ भने अलि महँगो पर्ने समान हरु दोंकी होते जस्ता शप हरु अथवा अनलाइन किन्न सकिन्छ।


भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला
धन्यबाद!


अनलाइन किन्न सकिने लुगा हरु को लिंक 














No comments:

Post a Comment