Saturday, September 7, 2019

जापान को उपभोग कर(消費税) बृदि सम्बन्धि जानकारी र यसको प्रभाव

0 comments
जापान सरकार ले उपभोग कर (जसलाई नेपाल मा VAT भन्ने गरिन्छ) लाइ ८% बाट बढाएर १०% बनाउदैछ। 

उपभोग कर बढाउनु को कारण 

जापान मा घट्दो जन्म दर र वृद्ध वृद्धा हरुको बढ्दो जनसंख्या ठुलै समस्या बन्न गइरहेको छ।  सन १९९० मा १० जना मा १ जना बृद्ध रहेको जापान मा २०५० सम्म पुग्दा १० जना मा ४ जना बृद्ध रहने अनुमान गरिएको छ। 

६५ बर्ष भन्दा माथि का वृद्ध वृद्धा हरुलाइ दिइने सामाजिक सुरक्षा भत्ता अहिले को काम गरिराखेको जनसंख्या ले तिरेको पेन्सन, कर र बिमा को रकम र अन्य ऋण को रकम बाट तिर्ने गरिन्छ। तर वृद्ध वृद्धा हरुको बढ्दो जनसंख्या लाइ मध्यनजर गर्दै सामाजिक सुरक्षा प्रणालीलाई आउँदो पुस्तासम्म जारि राख्न को लागि र बढ्दै गइरहेको रास्ट्रीय ऋण तिर्न को लागि उपभोग कर को दर बढाउन लागिएको हो

उपभोग कर बढ्दा समान को मूल्य मा पर्ने प्रभाव 

उपभोग कर ८% बाट  १०% हुदा सामान्य भाषा मा अहिले १०८ येन मा किन्न मिल्ने समान लाइ २०१९ अक्टोबर १ गते देखि ११० येन पर्नेछ। यस्तै हरेक कम्पनि, पसल, रेस्टुरेन्ट, ट्रेन भाडा अथवा अन्य व्यवसाय हरुले सरकार लाइ तिर्ने कर पनि २% बढ्ने हुदाँ हरेक समान को मूल्य बढ्नेछ। 

कम्पनि कर्मचारी(खाइस्याइन) को तलब मा पर्ने प्रभाव 

उपभोग कर बढे पनि खाइस्याइन को तलब मा भने यसको खासै प्रभाव पर्ने छैन। आफ्नो कर्मचारीलाई के कति तलब दिने भन्ने निर्णय कम्पनि को आफ्नो निर्णय हुने हुँदा तलब भने नबढ्न सक्छ। तर न्यूनतम ज्याला बढ्न जाँदा केहि कम्पनि हरुले तलब समायोजन गर्न सक्छन।

पार्ट टाइम काम गर्नेको को तलब मा पर्ने प्रभाव

उपभोग कर बढेको कारण नभई, सरकार ले न्यूनतम ज्याला बढाउने निर्णय गरेको हुँदा पार्ट टाइम काम गर्नेको को तलब मा भने बृदि हुनेछ। टोक्यो को न्युनतम ज्याला अक्टोबर १ देखि १०१३ येन पुग्दैछ। 

स्वास्थ बिमा तथा सामाजिक सुरक्षा बिमा रकम मा पर्ने प्रभाव 

स्वास्थ बिमा तथा सामाजिक सुरक्षा बिमा रकम मा बृदी हुने छैन। तर सामाजिक सुरक्षा बिमा रकम विभिन्न सामाजिक सुरक्षा बिमा कम्पनि हरुले तोक्ने हुँदा केहि कम्पनि हरुले यो रकममा पनि समायोजन गर्न सक्छन। 

कम कर को दर सिस्टम (軽減税率・けいげんぜいりつ)

केहि लक्षित बस्तु हरुमा भने अहिले को ८% करको दर नै लागु हुने गरि けいげんぜいりつ सिस्टम पनि लागु हुदैछ। यो सिस्टम अन्तर्गत तोकिएका खाद्य अथवा पेय पदार्थ र घर तथा अफिस मा डेलिभरी गरिने समाचार पत्र हरु पर्नेछन। यसमा पनि पकाएको खाने कुरा र कम्बिनी अथवा अरु पसल मा किन्ने समाचार पत्रहरु मा भने १०% नै लाग्नेछ। 


हरेक समान को मूल्य बृदि  हुने हुँदा केहि महँगो समान हरुको खरिद गर्ने सोच मा हुनुहुन्छ भने सेप्टेम्बर भित्र खरिद गर्दा फाइदा हुनेछ। 

भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page like गर्न नछुटाउनुहोला

धन्यबाद!


No comments:

Post a Comment