Youtube शिक्षा सम्बन्धि सामग्री हरुको महान स्रोत पनि हो। भिडियो जति धेरै संख्या मा हेरिन्छ त्यति धेरै Youtube बाट आय आर्जन हुने भएकाले आफ्नो भिडियो लाइ उत्कृष्ट बनाउन निर्माता हरु लागि परेका हुन्छन।
जापानी भाषा सम्बन्धि भिडियो निर्माण गर्ने धेरै च्यानल हरु भएपनि केहि उत्कृष्ठ च्यानल हरु यस प्रकार छन।
Learn Japanese with JapanesePod101.com
यो च्यानल १३ लाख भन्दा बढी subscribers भएको च्यानल हो। यसमा हिरागाना, काताकाना, जापानी व्याकरण देखि JLPT को तयारी लगायत जापानी जीवन संग सम्बन्धित धेरै भिडियो उपलब्ध छन। यो च्यानल मा अंगेजी भाषा मा पढाइ हुन्छ।
日本語の森(nihongonomori)
३ लाख भन्दा बढी subscribers भएको यो च्यानल बिशेष गरि JLPT को तयारी को लागि उत्कृष्ठ छ। यसमा JLPT को N3 देखि N1 लेवल सम्म को व्याकरण, खांजी र शब्द हरु को भिडियो हरु छ। यो च्यानल मा जापानी भाषा मै पढाई हुन्छ।
Yuko Sensei
yuko sensei नाम भए जस्तै यो च्यानल मा युको नाम गरेकी सेन्सेइ ले आधारभूत जापानी भाषा देखि विभिन्न व्याकरण अथवा अन्य कुरा हरु अंग्रेजी मा पढाउनु हुन्छ।
Smile Online TV
यो च्यानल मा नेपाली मै जापानी भाषा को पढाई हुन्छ। मिन्ना नो निहोंगो किताब र अन्य जापानी भाषा सम्बन्धि भिडियो हरु यो च्यानल मा उपलब्ध छन।
Fun with Sanu
Fun with Sanu पनि नेपाली भाषा मै पढाई हुने अर्को च्यानल हो। मिन्ना नो निहोंगो किताब र अन्य व्याकरण हरु को भिडियो हरु यो च्यानल मा भेटाउन सकिन्छ।
SPECIAL JAPANESE LANGUAGE ACADEMY
यो पनि नेपाली मै जापानी भाषा को पढाई हुने च्यानल हो। खांजी, व्याकरण र पार्टिकल्स हरु सिक्न सकिने धेरै भिडियो हरु यो च्यानल मा भेटाउन सकिन्छ।
भविष्य मा आउने पोस्ट हरुको लागि यो facebook page
like गर्न नछुटाउनुहोला
धन्यबाद!
This comment has been removed by a blog administrator.
ReplyDelete