DHA र EPA को बारेमा थप बिवरण तलको लिङ्क बाट हेर्न सक्नुहुन्छ।
https://en.m.wikipedia.org/wiki/Eicosapentaenoic_acid
https://en.m.wikipedia.org/wiki/Docosahexaenoic_acid
サバ जापानी हरु ले सासिमी र सुसी को रुपमा कॉंचै पनी खाने गर्दछन भने, ग्रिल गरेर पनी यो माछा त्यती नै मिठो हुन्छ।
आज भने हामी can मा प्याक गरीएको サバ को कुरा गर्नेछौ।
サバ Can हरु बिभिन्न श्वाद मा पाउन सकिन्छ।
जस्तै:
१. 水煮(mizuni) पानी मा बोइल मात्र गरेको
२. 味噌煮(misoni) मिसो को श्वाद मा
३. 醤油煮(Syoyuni) सोय Sauce को श्वाद मा
यस्तै अरु पनी विभिन्न श्वादहरुमा サバ को can हरु सुपरमार्केट अथवा कन्बिनी मा पाउन सकिन्छ।
Can मा प्याक गरीएको माछा ३ बर्ष सम्म खान मिल्ने हुदा emergency को बेला मा पनी धेरै नै काम लाग्छ।
बजार मा サバ मात्र नभएर अन्य बिभिन्न प्रकार को माछा को Can हरु पाउन सकिन्निछ।
बिभिन्न प्रकार को माछा को can हरुमा निम्नअनुसार EPA र DHA पाइन्छ।
サバ लाइ can मा राखी सकेपछी पकाइसकेको हुदा आफुलाइ मन पर्ने श्वाद को サバ can किनेर त्यतिकै पनी खान सकिन्छ।
तर हामी नेपाली हरुलाइ मन पर्ने श्वाद को लागी पानी मा बोइल गरेको (水煮) サバ Can लाइ मसला हरु राखेर मिठो करी बनाएर खान सकिन्छ।
सजीलो करी बनाउने तरीका।
१. सुरुमा प्याज, लसुन, अदुवा टमाटर लगायत मसला हरु सबै राखेर ग्रेवी बनाउने
२. बनीसकेको ग्रेवी मा サバ Can को माछा निकालेर राख्ने। पिस अली ठुलो भएमा चम्चा को सहायता ले सजीलै सानो बनाउन सकिन्छ।
केही समय उम्लीन दिएपछी मिठो करी तयार हुन्छ।
छिटो, मिठो र पौष्टिक तत्त्वहरुले भरीपुर्ण サバ माछा को करी को मजा लिन नबिर्सिनु होला।
धन्यबाद!!