Saturday, January 2, 2021

जापान बाट Stock Market मा लगानी

1 comments

 


🔵 जापान मा बिदेशी हरुले Stock Market मा लगानी गर्न पाउछ?

जापान मा मिडीयम अथवा लङ्ग टर्म भिसामा बसोबास गर्नुहुने बिदेशी नागरिक ले Stock Market मा लगानी गर्न पाउछन।


बिद्धार्थी अथवा डिपेन्डेन्ट भिसा मा बसोबास गरीरहनुभएका बिदेशी नागरिक ले पनी लगानी गर्न पाउछन, तर Broker Company(証券会社 अथवा しょうけんがいしゃ) ले आफ्नो कम्पनी मा खाता खोल्न निश्चित आम्दानी भएका ब्यक्तीहरु अथवा अन्य केही नियम हरु बनाएको हुन सक्छ। 


🔵 कुन Broker Company मा बाट लगानी गर्दा राम्रो हुन्छ?

जापान मा Broker Company को संख्या धेरै नै छ। 

अनलाइन बाट खाता खोल्न सकिने र अनलाइन बाट नै कारोबार गर्न मिल्ने लोकप्रिय Company हरु केही निम्न छन।

१. SBI証券

२. 楽天(Rakuten)証券

३. 野村(Nomura)證券

४. DMM.com証券

५. マネックス証券

६. 松井(Matsui)証券

अरु पनी , Line証券, auカブコム証券, SMBC日興証券, One Tap Buy लगायत अरु पनी थुप्रै Broker Company हरु छन।


Broker छनौट गर्दा NISA(口座.こうざ) Account मा खाता खोल्न मिल्ने र Special (特定口座 अथवाとくていこうざ) मा खाता खोल्न मिल्ने र कमिसन थोरै लिने Broker company छ भने राम्रो हुन्छ।


Nisa account र Tokutei Account को बारेमा पछी कुरा गर्नेछु


मैले ब्यक्तीगत रुपमा Recommend गर्नुपर्दा SBI, Rakuten, Matsui, Nomura लगायत राम्रो स्थापित भएको Broker Company हरु बाट कारोबार गर्दा राम्रो हुन्छ।


अनलाइन बाट नै खाता खोल्न का लागी Apply गरेर Documents हरु पनी अनलाइन बाट नै बुझाउने कम्पनीहरु पनी हुन्छ(जस्तै Rakuten Syoken)।


कुनै कुनै Company हरुमा अनलाइन बाट Apply गरेर Documents हरु पठाउनको लागी कोठामा लेटर आउछ र Documents हरुको प्रतीलिपी पठाउनुपर्ने हुन्छ।(जस्तै SBI証券)


🔵 Account को  प्रकार र Tax सम्बन्ध मा

धेरै जसो Broker हरुमा ३ ओटा प्रकार को खाता हुन्छ।

Normal Account 一般口座(いっぱんこうざ)

Normal Account मा कारोबार गर्दा आफैले Tax अफिस मा गएर Tax बुझाउनु पर्छ।

Special Account 特定口座(とくていこうざ)

Special account मा कारोबार गर्दा आफुले Tax अफिस गइराख्नु पर्दैन Broker ले कमाइबाट tax को पैसा हिसाब गरेर बुझाइदिन्छ। हामीले tax तिर्ने सम्बन्धी केही पिर लीनु पर्दैन।

NISA Account

NISA account जापान सरकार ले साना लगानी कर्ता हरुलाइ प्रोत्साहित गर्न को लागी बनाएको tax नलाग्ने account हो। 

यसमा पनी २ प्रकार को account हुन्छ।

१. NISA account:

NISA account अन्तर्गत १ जनाले १ बर्ष मा बढीमा १२ लाख येन सम्म को कारोबार ५ बर्स सम्म गर्न मिल्छ। जस अन्तर्गत कमाइएको नाफा मा Tax लाग्दैन। यो account जुन सुकै broker मा बनाए पनी १ ओटा भन्दा बढी बनाउन मिल्दैन। 

Broker account चै जति वटा कम्पनी मा पनी बनाउन मिल्छ।

२. 積み立て(つみたて)NISA

Tsumitate NISA अन्तर्गत १ बर्ष मा बढिमा ४ लाख येन सम्म २० बर्ष सम्म लगानी गर्न मिल्छ र कमाएको नाफा मा tax लाग्दैन। 


१ जना ले Tsumitate NISA अथवा NISA account मध्ये कुनै एउटा account मात्र बनाउन मिल्छ। 


सुरु मा लगानी गर्ने महानुभाव हरुले १ बर्ष मा ४ लाख भन्दा कम रकम लगानी गर्ने सोच मा हुनुहुन्छ भने Tsumitate NISA अन्तर्गत र ४ लाख भन्दा बढी १२ लाख सम्म लगानी गर्ने सोच मा हुनुहुन्छ भने NISA account अन्तर्गत कारोबार गर्ने र tsumitate NISA र NISA को limit भन्दा बढी कारोबार गर्दा चै tokutei account अन्तर्गत कारोबार गर्दा Tax को समस्या पर्दैन। 


NISA account जस्तै Junior NISA account पनी छ जस अन्तर्गत अभिभावकहरुले आफ्नो बच्चा को नाम मा कारोबार गर्न मिल्छ।


बिभिन्न बिदेशी Broker हरु मा पनी कारोबार गर्न मिले पनी Normal account बाहेक अरु account अन्तर्गत कारोबार गर्न नमिल्ने हुदा tax आफै बुझाउनुपर्ने हुन्छ।


🔵 English मा कारोबार गर्न मिल्छ?

जापानी ब्रोकर कम्पनी हरु English मा चलाउन मिल्दैन।

जापानी भाषा नबुझ्ने महानुभाव हरुले बिदेशी ब्रोकर कम्पनी प्रयोग गर्न सक्नुहुन्छ। 

जापान बाट प्रयोग गर्न मिल्ने केही ब्रोकर हरु निम्न छन।

धेरै जसो बिदेशी ब्रोकरहरुमा पैसा Deposit गर्न Wire Transfer(बैंक बाट पठाउने) को माध्यमबाट बिदेशी बैंक मा पैसा पठाउनु पर्छ। 

केही झंझटिलो र खर्चिलो हुन सक्छ। 

१. Interective brokers

२. Saxo bank 

३. Webull(खाता खोल्न केही झन्झटिलो हुनसक्छ)

४. TD Ameritrade

५. First Trade

६. Tradestation 

Etc...

USA मा धेरै नै प्रयोग हुने Robinhood जापान बाट प्रयोग गर्न मिल्दैन। 

बिदेशी Broker हरु बाट कारोबार गर्दा Normal account बाहेक अरु account अन्तर्गत कारोबार गर्न नमिल्ने हुदा tax आफै बुझाउनुपर्ने हुन्छ।


🔵 कुन कुन Stock Exchange मा लगानी गर्न मिल्छ?

धेरै ब्रोकर कम्पनीहरु बाट जापान को टोक्यो स्टक एक्सचेन्ज, चिन को साङ्घाइ स्टक एक्सचेन्ज, हङ्कङ स्टक एक्सचेन्ज, सिङ्गापुर स्टक एक्सचेन्ज र अमेरिका को न्युयोर्क स्टक एक्सचेन्ज मा कारोबार गर्न मिल्छ।


बाकी अर्को पोस्ट मा। 

धन्यवाद!!!


नेपाली भाषाको शुद्धी असुद्धी को लागी माफी गर्नुहोला।










1 comment:

  1. Beginner ko lagi Great blog bro.
    Maile webull bata banauna khojeko 2 months agi tara bank statement magyo, kasari painxa hola bank statement japan ma?

    ReplyDelete